सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिन्धुपाल्चोक, बैशाख २४ । फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं साइबर क्राइमअन्तर्गत पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यलय मेलम्चीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको तस्वीर दुरुपयोग गरी आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजानिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
अभियुक्त चौलागाईंलाई आजै महानगरीय अपराध माहाशाखामा बुझाइने बताइएको छ । -रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा