सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, बैशाख ११ । टीकापुर नगरपालिका-७ बैदीमा टिप्पर बिजुलीको पोलमा ठोक्किएको छ । ना अ प पु ७०९ नम्बरको टिप्पर बैदी स्थित हुलाकी सडक नजिक ट्रान्सर्फमर रहेको बिजुलिको पोलमा ठोक्किएको हो ।
कर्णाली नदिबाट गिट्टी लोड गरेर सोनाफाटा तर्फ गैरहेको टिप्परका चालक अत्तरिया बस्ने २८ बर्षिय जागुराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लगेको छ । चालक चौधरीका अनुसार टिप्परको बिपरित दिशाबाट आईरहेको पावरटेलरलाई बचाउनका लागि ब्रेक हान्दा टिप्पर अनियन्त्रित भएको र पोलमा ठोक्किएको हो । टिप्पर पोलमा ठोक्किदा पोल भाचिएको छ भने अहिले बिद्युत प्रसारण बन्द गरिएको छ ।
इलाका प्रहरी टीकापुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव बहादुर सिंहले बिद्युतको लाइन जोशिपुरको भएकाले कत्तिको क्षति भएको छ त्यो विवरण आफू बताउन नसक्ने बताउदै टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र टिप्पर पनि प्रहरी कार्यालयमा ल्याउने तयारी भैरहेको बताउनुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा