सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, चैत्र ८ । विराटनगरको सहिद रंगशालामा आज हुने साफ महिला च्याम्पियनसीप फानइल प्रतियोगिता जिते प्रत्येक खेलाडीलाई २ लाख र उपविजेता वने प्रत्येक खेलाडीलाई १ लाख दिने प्रदेश १ सरकारले घोषणा गरेको छ ।
खेलको पूर्वसन्ध्यामा सरकारले नगद दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।
नेपालमा पहिलो पटक भइरहेको अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताले प्रदेश–१ को मात्रै नभएर देशकै गौरव बढेको दाबी गर्दै प्रदेश सरकारले खेलाडीहरुको सम्मान तथा हौसला बढाउन शुक्रबार यस्तो निर्णय गरेको सुवेदीको भनाइ छ।
फाइनलमा यसपटक पनि नेपालले भारतलाई नै आफ्नो प्रतिद्वन्दी पाएको छ । यद्यपि प्रत्येक पटकको फाइनलमा भारतलाई नै प्रतिस्पर्धीका रुपमा पाएको नेपालले हालसम्म उपाधि भने जित्न सकेको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा