सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, माघ ४ । संघीय संसदको प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । दिउँसो १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई शुक्रबार सांसदले ठाडै प्रश्न गर्न सक्ने संसद् सचिवालयले जनाएको छ ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्न सोध्न नपाएको भन्दै प्रश्नोत्तर कार्यक्रम राख्न सभामुखको ध्यानाकर्षण गराएको थियो ।
बैठकको सुरुमै हुने सवालजवाफ कार्यक्रम करिब एक घण्टासम्म चल्ने र १० जनासम्म सांसदले प्रश्न सोध्न पाउने संसद सचिवालयले जनाएको छ । प्रश्न सोध्न चाहने सांसदले एक घण्टाअघि नै आफ्नो प्रश्नबारे सभामुखलाई जानकारी गराउनुपर्नेछ ।
बिहीबार बसेको कार्य ब्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने ब्यवस्था गरेको हो । शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणबारे पनि जानकारी गराउने तयारी गर्नुभएको छ ।
यस्तै बैठकले पारमाणविक विधेयक, नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र जीवनाशक विषदी व्यवस्थापन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश हुनेछ । सचिवालयका अनुसार गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा