सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलीउडदेखी हलिउडसम्म चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडा र अमेरीकन सिंगर निक जोनसले गएको १–२ डिसेम्बरमा विवाह गरेका छन् । दुबैले पहिला क्रिश्चियन पछि फेरी हिन्दु परम्परा अनुसार विववाह गरे । विवाहको दौरान प्रियंका–निकको तस्विर सार्वजनिक भएको थिएन । अहिले सार्वजनिक भएसँगै तस्विरहरु भाइरल भइरहेको छ ।
प्रियंका चोपडा र निक जोनसको विवाहको दौरान मेहेन्दि पछि, अब अमेरीकको प्रख्यात म्यागजीनले यी दुई स्टारको आफनो कभर पेजमा ठाउँ दिएका छन् । पिपल्स म्यागजीनले सोशल मिडियामा प्रियंका चोपडा र निक जोनसको विवाहको मंडपको फोटो शेयर गरेको छ । उसले प्रियंका र निकको कुल ३ तस्विर शेयर गरेको छ ।
एउटा तस्विरमा प्रियंका र निक हिन्दु रिति रिवाज अनुसारको विवाहको लुकमा देखिए भने अर्को तस्विरमा यी दुबैको क्रिश्चियन विवाह देखियो । तेस्रो फोटो पिपुल्स म्यागजीनको कभर पेजको हो, जसमा यी दुबै धेरै राम्रा देखिएका छन् । तस्विर सार्वजनिक भएसँगै भाइरल पनि भइरहेको छ ।
प्रियंका र निक आज दिल्लिको होटल ताज प्यालेसमा आफनो विवाहका् ग्राण्ड रिसेप्शन पार्टी दिइरहेका छन् । खबर अनुसार प्रियंका चोपडाले भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले पनि निम्तो दिएको भारतीय मिडियाहरुले बताएका छन् ।
View this post on InstagramA post shared by ⚡️Nickyanka Ki Shaadi⚡️ (@priyanka.news) on
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा