सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक ३० । नौवटा साना तथा ठूला गरी १४ वटा विमान भएको सरकार स्वामित्वको ध्वजाबाहक कम्पनी नेपाल वायुसेवा विगमले आर्थिक संकट आइपरेको भन्दै सरकार गुहारेको छ।
६० वर्षअघि स्थापना भएको मुलुककै पहिलो वायुयान संस्थाले नगद प्रवाहमा समस्या आइपरेको भन्दै भदौ मसान्तसम्मको स्थिति समेटेर श्वेतपत्र जारी गरेको समाचार कान्तिपुर दैनिकले लेखेको छ।
हालै निगममा कार्यकारी अध्यक्ष तोकिएका मदन खरेलले तत्काल सरकारसँग २० अर्ब माग गरे। ‘यो नेपाल सरकारको शतप्रतिशत सेयर भएको संस्था हो’, निगम मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा खरेलले भने, ‘हामीसँग पुँजी न्युन छ। पुँजी बढाउन सरकारसँग २० अर्ब माग गरेका छौँ। एकैचोटी होइन योजना बनाएर उपलब्ध गराए क्यास फ्लोमा सघाउ पुग्ने थियो।’ निगमको लगानी तीन अर्ब १० करोड छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा