सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कात्तिक २१। सत्रौँ एसियाली खुला कराते च्याम्पियनसिपमा सहभागी हुन बङ्गलादेश जाने तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोलीलाई आज बिदाई गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो । खेलाडीलाई बिदाई गर्दै राखेप सदस्य–सचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिए । यही कात्तिक २३ देखि २५ गतेसम्म सो प्रतियोगिता बङ्गलादेशको ढाकामा हुँदैछ।
प्रतियोगिताको पुरुषमा राकेश महर्जन र भीमबहादुर थापा तथा महिलामा आस्मी तामाङले खुला तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । अन्तर्राष्ट्रिय कराते अर्गनाइजेसन (आईकेओ) क्योकुसिनकाइ, बंगलादेशको आयोजनामा हुने प्रतियोगितामा राजु तुलाधरले टिम व्यवस्थापक तथा चन्द्रश्याम डंगोल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । नेपाली टोली बुधबार बंगलादेशको ढाका जानेछ ।
मुल्मीको अध्यक्षतामा स्नुकर संघ पुनर्गठन : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्नुकरका पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीको अध्यक्षतामा नेपाल विलियर्ड स्नुकर तथा पुल संघ आज पुनर्गठन गरेको छ । पुनगर्ठित संघको उपाध्यक्षमा विन्देश्वर श्रेष्ठ, ध्रुव तुलाधर, मनोज खड्गी, हीरा दाहाल र गोपाल माली, महासचिवमा केशवराज अधिकारी, सचिवमा मुकेश बुढाथोकी, सह–सचिवमा सञ्जयकुमार मुल्मी, कोषाध्यक्षमा गंगाराम श्रेष्ठ तथा सह–कोषाध्यक्षमा केशर मल्ल रहेका छन् ।
सदस्यमा राजन लामा, सरोज कार्की, एलिना महर्जन, विवश केसी, निर्मल पाण्डे, मनोजकुमार सिंह, मनोज केसी, राधा श्रेष्ठ, सुवास राई, गजराज खड्का र राखेपबाट २ प्रतिनिधि छन् । पदाधिकारीहरुलाई राखेपका सदस्य–सचिव विष्टले आज प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । पुनर्गठित संघलाई समय साक्षेप विधान संशोधन गरी राखेपबाट स्वीकृति लिइ तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्न भनिएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा