सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज १४ । आमिर खान र अमिताभ बच्चनको फिल्म “ठग्स अफ हिन्दुस्तान” को ट्रेलर नेपालको युट्यूवको ट्रेडिङ नम्बर १ मा परेको छ । २६ सेप्टेम्बरमा रिलिज भएको यशराजको ब्यानरमा बनेको यो एपिक एडभेन्चर ड्रामा मल्टीस्टार फिल्मको ट्रेलर रिलिज भएदेखी नै नेपालमा नं १ ट्रेडिङमा परेको हो ।
समाचार बनाउदासम्म ४ दिनमा ट्रेलरलाई ४ करोड ८ लाख भन्दा बढिले हेरीसकीएको छ ।
फिल्ममा अमिताभ आजादको भुमिका निभाइरहेका छन् भने आमिर खान फिरंगी मल्लाहको रोलमा देखिएका छन् । दुबै जनाको दमदार अभिनय ट्रेलरमा देखाइएको छ ।
फातिमा सना शेख र कटरीना केफ को केही झलकहरुमा मात्र ट्रेलरमा देखिएका छन् ।
ईस्ट इंडिया कम्पनि भारतमा ब्यापार गर्न आएका थिए तर भारतमै राज गरेको कथाबस्तुमा आधारित छ । देशलाई स्वतन्त्रता दिलाउनको लागी अमिताभ र आमिर लड्छन् ।
फिल्मलाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् । फिल्मलाई ८ नोभेम्बरमा रिलिज गरीने भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा