सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आमिर खान र अमिताभ बच्चनको फिल्म “ठग्स अफ हिन्दुस्तान” को ट्रेलर रिलिज भएको छ । यो यशराजको ब्यानरमा बनेको एपिक एडभेन्चर ड्रामा मल्टीस्टार फिल्म हो ।
ट्रेलर धेरै नै राम्रो देखाइएको छ । यसमा अमिताभ बच्चन र आमिर खानको फिल्म भन्दा गलत हुदैन । फिल्ममा अमिताभ आजादको भुमिका निभाइरहेका छन् भने आमिर खान फिरंगी मल्लाहको रोलमा देखिएका छन् । दुबै जनाको दमदार अभिनय ट्रेलरमा देखाइएको छ ।
ट्रेलरमा पुरा फोकस आमिर र अमिताभमा गरिएको छ । फातिमा सना शेख र कटरीना केफ को केही झलकहरुमा मात्र ट्रेलरमा देखिएका छन् । फिल्मको कहानीको कुरा गर्ने हो भने स्वतन्त्रताको समय को आधारमा बनाइएको छ ।
ईस्ट इंडिया कम्पनि भारतमा ब्यापार गर्न आएका थिए तर भारतमै राज गरेको कथाबस्तुमा आधारित छ । देशलाई स्वतन्त्रता दिलाउनको लागी अमिताभ र आमिर लड्छन् ।
फिल्मलाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् । फिल्मलाई ८ नोभेम्बरमा रिलिज गरीने भएको छ । यसमा आमिर र कटरीना दोस्रो पटक एकसाथ देखिदैछन् । यो भन्दा पहिला यी दुईलाई “धुम ३” मा एकसाथ देखिएको थियो ।
ट्रेलर भन्दा पहिला फिल्मको पोस्टर तथा लुक रिलिज गरिएको थियो । यो फिल्मले बाहुबली लाई टक्कर दिन सक्ने बताइएको छ । फिल्ममा धेरै राम्रो ग्राफिक्सका प्रयोग गरिएको छ । ट्रेलर रिलिज मा अमिताभ बच्चनले भने “यस्तो भुमिका निर्वाह गर्न तथा ३० किलोको कस्ट्यूम लगाउने मेरो उमेर छैन “।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा