सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गौशाला, असोज ३। महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँको मुसलमान टोलमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट ४१ जना प्रभावित बनेका छन् । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मुसलमान टोलमा मङ्गलबार साँझदेखि झाडापखाला फैलिएको हो । झाडापखालाका बिरामीलाई स्थानीय मदरसामा राखेर उपचार भइरहेको छ ।
जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा.राजीव झाले प्रभावित क्षेत्रमा चिकित्सक टोली पुगेर उपचार थालिएको बताए । ‘केही बिरामी सिकिस्त छन्,’ उनले भने । सिकिस्त अवस्थाकी नईमा खातुनको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । ‘चिकित्सक टोली औषधिसहित पुगेको छ, झाडापखाला नियन्त्रणमा आएको खबर छ,’ डा.झाले भने । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा