सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ३१ । इन्डोनेसियामा जारी एसियाली खेलकुद ९एसियाड०को फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
आफ्नो पहिलो खेलमा एसियाको ‘पावर हाउस’ जापानसँग १–० ले पराजित भएको नेपाल बिहीबार दोस्रो खेलमा भने भियतनामसँग २–० को हार व्यहोर्न पुग्यो ।
नेपालले खेलको १३औं र ६४औं मिनेटमा गोल खाएको थियो ।
यो हारले पनि नेपालको नकआउट चरणमा पुग्ने झिनो आशा भने कायमै रहेको छ ।
समूह ‘डी’बाट लगातार दुई जितका साथ आपसमा भिड्नुअघि नै जापान र भियतनाम नकआउट चरणमा पुगेका छन् ।
त्यस्तै, तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोलीले पनि नकआउटमा स्थान बनाउने भएकाले नेपालको झिनो आशा कायमै छ ।
समूहको अन्तिम खेलमा नेपालले आगामी आइतबार पाकिस्तानसँग खेल्दैछ ।
सो खेलमा नेपालले फराकिलो जित हासिल गर्ने हो भने आशा कायमै रहनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा