सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन २५। ओडिसी नेपालका सञ्चालक सीमान्त गुरुङ हिरासतबाट छुट्न नपाउँदै फेरि पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत असार २९ गते गुरूङलाई बलिउड कलाकार सलमान खान ल्याउने विषयमा भन्दै ठगी गरेको भन्दै पक्राउ गरेको थियो।
प्रहरी अनुसन्धानपछि अदालतमा बुझाएका गुरुङलाई जिल्ला अदालत काठमाडौंले बिहीवार धरौटीमा छुट्न आदेश दिएको थियो। १५ लाख रुपैयाँ धरौटी बुझाएका गुरुङलाई बिहीवार नै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।
चेक बाउन्सको उजुरी परेको कारणले गुरुङलाई पक्राउ गरेको परिसरका डिएसपी मोहनकुमार थापाले बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा