सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ६ । कानुनमन्त्री शेरबहादुर तामाङले आफुले बङलादेशमा अध्ययनरत नेपाली छात्राहरुको विषयमा दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्।
आइतबार प्रेस विज्ञप्ती जारी गर्दै कानुनमन्त्री तामाङले आफुले साउन ४ गते एक विद्यालयमा दिएको अभिव्यक्तिले बङलादेशमा अध्ययनरत तथा अध्ययन गरी फर्केका छात्राहरुमा पर्न गएको चोट प्रति माफी मागेका हुन् । आफुले बङलादेशमा अध्ययन गर्न गएका केहि नेपाली चेलीहरुले आत्महत्या गरेका घटनाबारे जानकारी पाएको र केहि नेपाली चेलीहरुले त्यहाँ विविध समस्या भोग्नु परेकाले घटना उजागर गर्न त्यस्तो अभिव्यक्ति दिएको मन्त्री तामाङले विज्ञप्तीमा उल्लेख गरेका छन्।
महिलाहरुको आत्म सम्मान, हिंसा मुक्त समाज र नारी अश्मिताको रक्षामा सधै प्रतिबद्धता र क्रियाशिलता रहेको समेत बताएका छन् ।
मन्त्री तामाङले बङलादेशमा डाक्टरको सर्टिफिकेट लिन छात्राहरुले आफुलाई कही न कही बेच्नै पर्ने बताएपछि विवादमा परेका थिए । उनको यस अभिव्यक्तिलाई लिएर विभिन्न राजनितिक दल तथा सामाजिक सञ्जाल लगाएतमा व्यापक विरोध भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा