सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ ७ । नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये
आर्थिक रुपमा एमाले धनी रहेको पाईएको छ ।
एमालेको दैनिक आम्दानी करिव चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन ।
माओवादी उल्टै १४ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ ।
दुई पार्टीबीच एकीकरण भएपछि आम्दानी र ऋणको हिसावकिताव संकलन गर्ने क्रममा यस्तो तथ्यांक भेटिएको हो ।
एकीकरणअघिको अन्तिम संयुक्त बैठकमा दुई पार्टीबीच दुवै पार्टीका सम्पत्ति र जयजेथा नेपाल कम्युनिष्ट पार्टीको हुने सहमति भएको थियो ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा