सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुकुम, बैशाख २० । रोजगारीका लागि आठ वर्षअघि अमेरिका गएका रुकुमेली एक युवकको निधन भएको छ। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो।
मुटुमा एक्कासि समस्या देखिएपछि अमेरिकास्थित बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचार गर्दागर्दै गत आइतबार उनको निधन भएको मृतकका मामा चन्द्र बुढामगरले जानकारी दिए।
मृतक बुढामगरको शव नेपाल ल्याउन समस्या हुने भएपछि अमेरिकामा नै अन्तिम संस्कार गरिएको उनले बताए। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा