सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुगु, बैशाख १ । रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको आज कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो । ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आएका थिए । स्थानीय निर्वाचनमा उनी नेकपा ९एमाले० बाट निर्वाचित भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला उनी ढलेका थिए । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा