सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नयाँदिल्ली, चैत्र २४ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका उपराष्ट्रपति वेँकैया नायडुसँग आज भेटवार्ता गरेका छन् ।
मौलाना आजाद रोडस्थित उपराष्ट्रपतिको निवासमा प्रधानमन्त्री ओलीले सो शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा नायडु ले नेपाल र भारत पुरानो मित्रराष्ट्र हो जो समान संस्कृति र परम्पराहरुसँग जोडिएको छ । उनले दुई देश बिच द्धिपक्षिय सम्मान र आपसी सहयोगको आवश्यकता रहेकोमा जोड दिएका छन् ।
यसपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति भवनमा फर्केर त्यहाँका वरिष्ठ मन्त्रीहरुसँग भेटवार्तामा व्यस्त रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा