सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, फागुन २५ । सिभिल बैंक लिमिटेड र एभरेस्ट इन्स्युरेन्स कम्पनी बिच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा सिभिल बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।
निर्जिबन बिमालाई ग्राहकको पहुँचसम्म पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको बैकका कार्यकारी अधिकृत गोवीन्द गुरुङले जानकारी दिनुभयो ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई निर्जिबन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।
योसँगै एभरेस्ट इन्सुरेन्स कम्पनीका बिमा योजना तथा बिमा सेवा सजिलैसँग सिभिल बैंकको सबै शाखाहरुबाट छिटो,छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न सक्नेछन् ।
बैंकले यस अघि नै मेटलाइफ र एल.आई.सी. नेपालसंग जीवन वीमा सेवा जउपलब्ध गराउँदै आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा