सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, फागुन २ । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा क्यानडालाई हराउँदै नेपाल विश्वकप छनोट भएको छ । बुधबार भएको खेलमा नेपालले आफ्नो पाचौ खेलमा सनसनीपूर्ण विजय हासिल गरेको हो । नामिवियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडालाई एक विकेटले हराएसंगै नेपाल डिभिजन वनमा पनि उक्लने पक्का भएको छ ।
क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य बलर करन केसीको बिष्फोटक ब्याटिङले पुरा भएको हो। उनले नेपालका लागि सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ४ छक्का, ३ चौकासहित ४२ रन बनाएर नेपाललाई जित दिलाएका छन् ।
नेपालका लागि दिलिप नाथले ४१ रन बनाए भने रोहित पौडेलले २७ रन बनाए। आरिफ शेखले २६ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले १८, उपकप्तान ज्ञानेन्द्र मल्लले ९ रन बनाए। यस्तै १२ बल खेलेका सोमपाल कामीले ७ रन बनाएर आउट भए।
टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउदै एक सय ९४ रन बनायो ।
क्यानडाले ४६ रन बनाउदा बसन्त रेग्मीले नेपालका लागी पहिलो सफलता दिलाए । क्यानडाका रुभिन्दु गुनसेकारा नौ रनमा आउट भए । त्यसपछि ५७ रन हुदा सन्दिपले नेपाललाई दोस्रो सफलता दिलाए । कप्तान नितिश कुमार ५ रनमा आउट भए । ६७ रन हुदा पुनः सन्दिपले नेपाललाई तेस्रो विकेट लिन सफल भए ।
क्यानडाका लागि हम्जा तारीक २४ र ओपनर श्रीमन्थले सतकिए पारी खेले । उनले अविजीत एक सय तीन रन बनाए । बलिङ तर्फ नेपालका बसन्त रेग्मीले ३ तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।
जितसँगै नेपाल सन् २०१९ मा हुने आइसीसी विश्वकप क्रिकेट क्वालिफायर्सका लागि छनोट भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा