सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २४। चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २२ अर्ब चार करोड ६० लाख रुपैयाँको खाद्यान्न आयात भएको छ। यो आयात गत वर्षको सोही अवधिको तुलनामा तीन अर्ब पाँच करोड रुपैयाँ बढीको हो। गत वर्षको ६ महिनामा १८ अर्ब ९९ करोड रुपैयाँ बराबरको खाद्यान्न भित्रिएको थियो। कृषिप्रधान मुलुकमा बर्सेनि खाद्यान्नको आयात बढ्दो छ। भन्सार विभागका अनुसार ६ महिनामा १३ अर्ब ९५ करोड ६३ लाखको चामल भित्रिएको छ। गत वर्षको सोही अवधिमा ११ अर्ब ४३ करोड रुपैयाँको चामल भित्रिएको थियो। पञ्चायत कालसम्म भारतलगायत मुलुकमा निर्यात गरिँदै आएको धान–चामल अहिले वार्षिक २४ अर्बभन्दा बढीको आयात हुन थालेको छ।कुनै समय नेपालको व्यापार सन्तुलनको मुख्य वस्तु धान–चामल नै थियो।
यो अवधिमा ६ अर्ब ६ करोड रुपैयाँको मकै भित्रिएको छ। अधिकांश मकै बिउको नाममा भित्रिएको भन्सार विभागले जनाएको छ। नेपालमा दानामा प्रयोग गरिने मकै पनि बिउका रूपमा भित्रिने गरेको छ। सरकारले बिउमा अनुदान दिएका कारण दानामा प्रयोग हुने मकै पनि बिउको नामबाट भित्रिने गरेको हो। यसैगरी, ६ महिनामा एक अर्ब ८३ करोडको गहुँ आयात भएको छ। गहुँ पनि बिउको नामबाट भित्रिएको देखिन्छ। यस्तै, कोदो दुई करोड र जौं ३६ लाख रुपैयाँ बराबरको भित्रिएको छ। नेपालमा प्रशस्त उत्पादन सम्भावना भएका खाद्य वस्तु पनि भारतलगायत मुलुकबाट भित्रिरहेका छन्। पछिल्लो समय नेपालमा खाद्यान्नमा पनि विदेशकै भर पर्न थालेको आयातको उकालो ग्राफले देखाउँछ।
नेपालमा एसियाली मुलुकसहित युरोप र अमेरिकन मुलुकबाट समेत खाद्यान्न आयात गरिँदै आएको छ। गहुँको बिउ इन्डिया, मेक्सिको, चीनबाट आयात गरिएको छ। यस्तै, जौं भारत, दक्षिण कोरियाबाट आयात भइरहेको विभागले जनाएको छ। अर्जेन्टिना, ब्राजिल, भारत, अमेरिकाबाट मकै आयात भइरहेको छ। चामल चीन, भारत, इटाली, जापान, थाइल्यान्डबाट आयात भइरहेको विभागको तथ्यांकमा उल्लेख छ। भारतबाट जुनेलो र कोदो आयात हुन्छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा