सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हिन्दु धर्म अनुसार घरमा कछुवा राख्नु अत्यधिक शुभ मानिन्छ । धार्मिक मान्यता अनुसार कछुवा भगवान विष्णुको एक रुप हो । भगवान विष्णुले कछुवाको रुप धारण गरी समुन्द्र मंथनको समयमा मंद्रांचल पर्वतलाई आफनो कब्जामा पारेका थिए । भनिन्छ जहाँ कछुवा हुन्छ त्यहाँ लक्ष्मी आई बास गर्छिन ।
जान्नुहोस कछुवालाई घरमा राख्दा के–के फाइदा हुन्छ
– कछुवा घरमा राख्नाले धन प्राप्ति हुन्छ भन्ने जन विश्वास रहदै आएको छ जसलाई धनको आवश्यकता हुन्छ त्यसले घरमा कछुवा राख्दा लाभ प्राप्त हुन्छ ।
– घरमा कछुवा राख्नाले परिवारका सदस्यहरुको आयु बढ्छ साथै अस्वस्थ हुने अवस्था पनि सृजना हुदैन ।
– कछुवालाई धेरै शुभ मानिन्छ यसकारण यसलाई राख्नाले जागीर तथा परिक्षामा सफलता प्राप्त हुन्छ ।
– घरमा भएको कछुवाले तपाई, तपाईको परिवार तथा तपाईको घरलाई कसैले आखाँ लगाउन सक्दैनन् ।
– यदि नयाँ ब्यापार, ब्यवसाय तथा अफिस सञ्चालन गर्दे हुनुहुन्छ भने कछुवा राख्दा शुभ मानिन्छ र धन प्राप्त हुने विश्वास लिइन्छ ।
– घरमा कछुवा राख्दा परिवारका सदस्यका विच शुख, शान्ति तथा समृद्धि भई धन प्राप्त हुने हुन्छ ।
घरको यि स्थानमा कछुवा राख्दा शुभ मानिन्छ
यदि कछुवालाई घरमा राख्दै हुनुहुन्छ भने कुन दिशामा राख्दा उचित हुन्छ भन्ने कुरा जान्नु आवश्यक हुन्छ । किनभने यदि गलत दिशामा कछुवा राखियो भने शुभको ठाउँमा अशुभ पनि हुन सक्छ । कछुवालाई उत्तर दिशामा राख्नु अति शुभ मानिन्छ किनभने उत्तर दिशालाई धनको दिशा पनि मानिन्छ । कछुवालाई सधै कुनै तामा अथवा चाँदीको भाडोमा पानि भरी त्यसमा कछुवालाई डुवाएर घरको भित्र राख्नु पर्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा