सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मंसिर १३ । पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-६ बरूवामा नेकपा एमाले र नेपाली कांग्रेसका युवाहरूबीच झडप हुँदा ६ जना घाइते भएका छन् । राति अबेर चुनाव प्रचारमा हिँडेका दुई पार्टीका नेताबीच झडप भएको हो । दुवै पार्टीले एकले अर्कालाई पहिले आक्रमण गरेको भनेर आरोप लगाएका छन्। आक्रमणमा परी नेपाली कांग्रेस मध्यबिन्दु नगर सभापति दोमन भण्डारी, नुमाकान्त भण्डारी, अरूण भण्डारी र नेकपा एमाले मध्यविन्दु नगर कमिटी अध्यक्ष दुर्गा भुर्तेल, घनश्याम पौडेल, विजय भुर्तेल लगायत घाइते छन्।
घाइते कांग्रेस सभापति भण्डारीलाई कालीगण्डकी अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेज रिफर गरिएको छ । उनको अवस्था खतरामुक्त रहेको पार्टीले जनाएको छ । त्यसैगरी एमालेका घाइते कार्यकतर्काहरुको मध्यविन्दु अस्पताल डण्डामा उपचार भइरहेको छ । बुधवार एमाले र कांग्रेस पार्टी कार्यालयमा गस्ती बढाएको प्रहरीले जनाएको छ । घटनापछि कांग्रेस जिल्ला सभापति बिष्णु लामिछाने र एमाले निर्वाचन परिचालन कमिटिका संयोजकले घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
प्रत्यक्षदर्शीले दुवै पक्षबीच चुनाव प्रचारमा निस्कँदा बरुवामा भेट हुनासाथ झगडा सुरु गरेको र हात हालाहाल भएको जानकारी दिए । घटना मंगलबार राति पौने ११ बजे भएको हो । नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले घटनाको छानविन भइरहेको र सुरक्षा सर्तकता बढाइएको जनाए ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा