सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २ । हालै सम्पन्न स्थानीय तह निर्बाचनमा एक भोट बराबर करिब पाँच हजार रुपैंयाँ खर्च भएको छ ।त्यसमध्ये करिब ३ हजार ६ सय १३ रुपैंयाँ उम्मेदवार र उनका समर्थकले खर्च गरेका छन् भने प्रतिभोट एकहजार तीनसय नौ रुपैंयाँ सरकारी ढुकुटीबाट खर्च भएको छ ।
स्थानीय निर्बाचनमा जम्मा ६९ अर्ब ४२ करोड रुपेंयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
निर्बाचन पर्यवेक्षणका तर्फबाट विज्ञ समूहले ६ महिना लगाएर गरेको अध्ययन अनुसार तीन चरणमा भएको निर्बाचनमा जम्मा १८ अर्ब ४६ करोड सरकारी ढुकुटीबाट खर्च भएको छ ।
उम्मेदवार र उनका समर्थकले गरेको खर्च यो भन्दा तीन गुणा बढी छ । उम्मेदवार उनका समर्थकहरुले ५० अर्ब ९६ करोड रुपैंयाँ खर्च गरेको अध्ययनको निस्कर्ष छ ।
समितिका परियोजना प्रमुख उज्ज्वल अधिकारीले काठमाडौं, मोरङ, दाङ र जाजारकोट जिल्लालाई नमूनाको रुपमा लिई अध्ययन गरेको बताए । -अन्नपूर्ण पोष्ट दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा