सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चुरोट पिउने बहानामा कार्यालय समयमा पटक पटक बाहिर निस्कने कामचोर कर्मचारीलाई मध्यनजर गर्दै जापानको एक कम्पनीले गज्जबको योजना ल्याएको छ । यो योजनाबाट धुम्रपानका अम्मलीहरु फिस्स हुनेछन् भने अम्मलीहरु पटक पटक चुरोट पिउन बाहिर निस्किरहँदा उसको काम पनि आफूले गर्नुपरेर दिक्क बनेका चुरोट नपिउने कर्मचारीहरु खुसीले गद्गद् बन्नेछन् । जापानको एक मार्केटिङ कम्पनी पियाला यिंकमा धुम्रपान गर्ने कर्मचारीलाई कार्यालय समयमा चुरोट पिउन दिइने छुट्टीका कारण धुम्रपान नगर्ने कर्मचारीहरु निकै हैरान भएछन् ।
सोही कुरालाई विचार गर्दै तथा कर्मचारीलाई धुम्रपानको लत छाड्न प्रेरित गर्नका लागि त्यो कम्पनीले अनौठो नियम लागू गरेको छ । जस अनुसार अबदेखि धुम्रपान नगर्ने कर्मचारीहरुले वर्षमा ६ दिन अतिरिक्त तलबी विदा पाउनेछन् । उक्त कम्पनीको कार्यालय एक भवनको २९ औँ तलामा छ । त्यसैले कार्यालय समयमा कर्मचारीहरुलाई चुरोट पिउन दिइएको ब्रेकमा कुनै कर्मचारी चुरोट पिउन भुइँतलाको धुम्रपान कक्षमा झरेर, चुरोट पिइवरी आफ्नो कार्यकक्षमा फर्किनका लागि कम्तिमा पनि १५ मिनेट लाग्दो रहेछ ।
यस्तोमा कुनै कर्मचारीले दिनमा चुरोट ब्रेक ४ पटक सम्म लियो भने त दिनको एक घण्टा काम नै गर्नुपरेन । यस हिसाबले वर्षमा १५ दिन हुन्छ । चुरोट पिउनेले वर्षमा १५ दिन काम नगरीकन बिताएको कुरालाई ध्यान दिँदै कम्पनीले चुरोट नपिउने कर्मचारीलाई पुरस्कार स्वरुप ५ दिने तलबी विदा दिने निर्णय गरेको बताइएको छ । कम्पनीका सिइओका अनुसार यो नियम लागू भएपछि ४ जना कर्मचारीले चुरोट पिउन छाडिसकेका छन् । एजेन्शी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा