सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कार्तिक ७ । प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई आइतबारदेखि सवारी साधनमुक्त क्षेत्र बनाइएको छ। सवारी साधनमुक्त क्षेत्र बनाइएसँगै ठमेल अहिले शान्त झै बनेको छ। सडकमा सवारी चलाउन नपाईने भएपछि स्वदेशी तथा विदेशी पर्यटकहरुलाई हिड्न सहज भएको छ। यति मात्र नभएर त्यहाँ घुम्न आउने पर्यटक तथा सो क्षेत्रका व्यवसायीले ध्वनी प्रदूषण तथा धुलोधुवाँबाट समेत छुटकारा पाएका छन्।
ठमेल क्षेत्रमा विशेष गरेर पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक बाहेक अरु गाडीलाई प्रवेशमा रोक लगाइएको हो। ठमेलभित्र जाने गाडीले त्रिदेवी मार्गबाट मात्र जान पाउने, तथा ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने गाडीलाई कडाइ गरिने, ठाउँठाउँमा ट्राफिक संकेत राखिने, ठमेलभित्र भएका होटलमा आवश्यकतानुसार गाडीको व्यवस्था गरिएको छ।
यसैगरी ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाइकललाई दुईतर्फी जान दिने व्यवस्था गरिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा