सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बागलुङ , कात्तिक ६ ।आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बागलुङमा वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर बनेको वाम गठबन्धनसँग नेपाली काँग्रेस एक्लैले चुनाव लड्दैछ । प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले एकल उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रेको हो । वाम गठबन्धका तीन दलले भने निर्वाचन क्षेत्र बाँडेर चुनावी प्रतिस्पर्धामा छन् । काँग्रेसले क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि सहकारी तथा गरिबी निवारण राज्य मन्त्री चम्पादेवी खड्कालाई उम्मेदवार बनाएको छ ।
क्षेत्र नं २ बाट भने पूर्व सांसद नीरज पुन उम्मेदवार बन्नुभएको छ । यस्तै, काँग्रसबाट क्षेत्र नं १ को प्रदेश सभा ९क० मा जिल्लाका पार्टी सभापति दीपेन्द्रबहादुर थापा र ख मा पूर्व सांसद प्रकाश शर्मा ‘पौडेल’ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । काँग्रेसले क्षेत्र नं २ को प्रदेश सभा क मा मञ्जेशबम मल्ल र ख मा जित शेरचनलाई उम्मेदवार बनाएको छ । यसैगरी वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ बाट नेकपा एमालेका सूर्य पाठक र क्षेत्र नं २ बाट नेकपा ९माओवादी केन्द्र० का देवेन्द्र पौडेल उम्मेदवार बन्नुभएको छ । यस्तै, क्षेत्र नं १ को प्रदेश सभा क मा नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, ख मा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा चुनावी मैदानमा हुनुहुन्छ ।
क्षेत्र नं २ को प्रदेश सभा क मा नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा ‘सागर’ र ख मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको उम्मेदवारी परेको छ । नेपाली काँग्रससँगै संघीय समाजवादी पार्टी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी, नयाँ शक्ति पार्टीलगायतले पनि एकल उम्मेदवारी दिएका छन् । साना दलसहित गरेर १० दल र तीन स्वतन्त्र गरी ३१ जनाको उम्मेदवारी परे पनि मुख्य प्रतिस्पर्धा भने वाम गठबन्धन र नेपाली काँग्रेसबीच हुने भएको छ ।
अन्य दलतर्फ प्रतिनिधि सभा क्षेत्र नं १ मा संघीय समाजवादी फोरमबाट महेन्द्र जिसी, राप्रपा राष्ट्रवादीका सुमनजंग राजभण्डारी, नेकपा ९माले०का नीरबहादुर क्षेत्री र नयाँ शक्ति पार्टी नेपालबाट कृष्णप्रसाद शर्माको उम्मेदवारी परेको छ । यस्तै, गंगा थापा र पूर्णबहादुर पौडेल क्षेत्रीले स्वतन्त्ररुपमा उम्मेदवारी दिनुभएको छ । यस्तै सो क्षेत्रको प्रदेश सभा क मा समाजवादी फोरमका बद्रीकुमार श्रेष्ठ, राप्रपा राष्ट्रवादीका जयलाल सापकोटा र नयाँ शक्ति पार्टी नेपालका कृष्ण शर्माको उम्मेदवारी परेको छ ।
यस्तै प्रदेश सभा ख मा नयाँ शक्ति पार्टी नेपालका युनिसको उम्मेदवारी परेको छ । क्षेत्र नं २ बाट प्रतिनिधि सभा चुनावका लागि समाजवादी फोरमका यामबहादुर घर्तीमगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका बाबुराम पाण्डे, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका नीलबहादुर पुनले उम्मेदवारी दिनुभएको छ । यस क्षेत्रबाट धनबहादुर विक ‘हिमाल’ ले स्वतन्त्ररुपमा उम्मेदवारी दिनुभएको छ ।
माओवादी केन्द्र निकट विकले वाम गठबन्धनको उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिनुभएको बुझिएको छ । उक्त क्षेत्रको प्रदेश सभा ९क० मा संघीय समाजवादी फोरमका वीरबहादुर दर्जी पनि चुनावी मैदानमा हुनुहुन्छ । प्रदेश सभा ९ख० बाट संघीय समाजवादी फोरमका यमकुमार पुन, नयाँ शक्ति पार्टी नेपालका टेकबहादुर कुँवर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका दिलबहादुर विक उम्मेदवार बन्नुभएको छ ।
यस्तै, दधिराम शर्माले स्वतन्त्ररुपमा उम्मेदवारी दिनुभएको छ । एमाले निकट नेता शर्माले पनि वाम गठबन्धनको नाममा आफूलाई उम्मेदवार बन्नबाट वञ्चित गराएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा