सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाल विश्व ईतिहास सामु आफैमा ईतिहास हो। नेपालले कसमेकम पनि पाँच हजार बर्षको इतिहास बोकेको छ। पौराणिक ग्रन्थहरुमा उल्लेख भएका आधारमा नेपालले अहिलेसम्म कुनैपनि देशको अधिनमा रहनु परेन। नेपालको भौगोलिक बनावट अद्धितिय छ। तर बिडम्बना यो छ कि नेपाल किन हजारौ बर्षसम्म पनि विकसित हुन सकेन अनि नेपालीले आफ्नो जीवनस्तर लाई उकास्न सकेनन?
नेपाल केहि समय पहिले सम्म आर्थिक, सामाजिक र सांस्कृतिक हिसाब ले अन्य देशहरु भन्दा माथि नै थियो। आज भन्दा साठी बर्ष पहिले कोरिया लाई नेपालले चामल दिएर सहयोग गर्थो तर आज हेर्नुस त त्यो देश विकास कहाँ देखी कहाँ पुग्यो। त्यसैले त लाखौ नेपालीहरु आज त्यहि देशमा काम पाइन्छ कि भनेर तछाफ मछाड गर्दैछन। यो उनिहरुको रहर होइन बाध्यता हो। करिब आधा दशक अघि सिंगापुर, मलेसिया, दुवई, कतार, स्विजरल्याण्ड, दक्षिण कोरिया जस्ता देशहरुको अबस्था नेपालको भन्दा पनि नाजुक थियो ।
चालिस बर्ष पहिले हाम्रो छिमेकि देश चिन कति गरिब थियो आज विश्व शक्ति राष्ट्रको रुपमा दर्ज भएको छ। अर्को छिमेकि देश भारत को आर्थिक विकासको सुचकांक मजबुद बन्दै गईरकोछ। चीन र भारत दुबै आर्थिक, सामाजीक राजनैतिक र सुरक्षाका हिसावले शक्तिसाली बन्दै गईरहेका छन। तर नेपाल भने अझ ५० बर्ष पछाडी धकेलिदैछ।
आखिर समस्याको पोको कहाँनेर छ? नेपाल किन विश्व अथतन्त्रको गति लाई पछ्याउन सकिरहेको छैन। किन नेपालीहरुको भाग्य कलमले लेखिदैन? के अमेरिकन, यूरोपेली र अष्ट्रेलीयालीहरु को देशको माटोमा सुन फल्छ त? बास्तबमा उनिहरुको जिवनस्तर किन उच्च छ भन्दा उनिहरुको सोच फराकिलो छ, पूर्णरुपमा शिक्षित छन, कामलाई पुजा गर्छन, समयको महत्व राख्छन, अरुको विचारको कदर गदर्छन अनि आफ्नो काम सँग मतलब गर्छन।
नेपालको बैदेशिक रोजगारीको ईतिहास त्यति लामो छैन तर आज भन्दा डेढ, दुई सय बर्ष पहिले देखि नेपालीहरु बेलायती सेना र भारतीय गोर्खा सेनामा काम गर्दै आईरहको छन। धेरै पहिले देखि नेपालीहरु भारतका विभिन्न सहरहरुमा कामकाज का लागि जाने गर्दछन। विगत २०/२५ बर्षदेखि नेपालीहरु रोजगारीका लागि विश्वका विभिन्नदेशहरुमा जानेहरुको संख्या उल्लेख्य छ। माओवादी द्धन्दका समयमा लाखौ युवाहरु गाँउबाट पलायन भएर कोहि सहर पसे, कोहि भारत त कोहि अन्य देशहरुमा पसे। माओवादी द्धन्दको समाधान पछि पनि यो क्रम रोकिएन, अहिेल त कुनै पनि गाँउ अछुतो छैन अनि कुनै पनि युवाहरुको मन शान्त छैन।
मान्छे बेच्दै देश चलाउदैः
मलाई यो शब्द प्रयोग गर्दा अप्ठ्यारो लागि रहेको छ कि मान्छे बेच्ने देश अनि मान्छे बेच्ने नेता र मान्छे बेचेर देश चलाउने सरकार। तर मैले यो शब्द प्रयोग गरेर कसैलाई अन्याय गरेको छैन। यो नेपाल र नेपालीको बास्तविकता हो। आफ्नो देशमा कामदारहरुको अभाव भईरहेका बेला नेपाल सरकार लाखौ युवाहरुलाई खाडि मुलुकहरुमा न्युन ज्यालामा बेचिरहेको छ। बैदेशिक रोजगारीमा गएकाहरुको सुरक्षाको जिम्मा नेपाल सरकारले लिन सकिरहेको छैन तर उनिहरुबाट प्राप्त पैसाले देश चलाउछ सरकार।
बैदेशिक रोजगारीमा जानु नराम्रो होइनः
बैदेशिक रोजगारीमा जानु आफैमा नराम्रो होइन तर कुनै पनि सिप सिकाई विना नै रोजगारीमा पठाउनु श्रम शोषण मात्र हो। कमसेकम रोजगारीमा जानु पहिले दक्षताको पहिचान गरिनु पर्नेहो। एक दिन अभिमुखीकरण कक्षा दिएका भरमा कामदार पठाउदा उनिहरु अलपत्र पर्नेगरेका छन। बैदेशिक रोजगारीमा जादा आर्थिक लाभ हुनुका साथै अन्य देशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गर्दा व्यक्ति र देश दुवैलाई फाइदा पुग्छ। तर भारी बोक्ने भरियाको रुपमा कामदार पठाउदा उनिहरुले कस्तो सिप सिक्छन?
कहाँ खर्च हुदैछ बैदेशिक रोजगारीबाट प्राप्त रेमिटान्स?:
बैदेशिक रोजगारीमा गएकाहरुलाई सोध्नुस कि उनिहरुले त्यो मरुभुमीमा पसिना बगाएर कमाएको पैसाको ठूलो हिस्सा कहाँ खर्च हुदैछ? के उनीहरुले पठाएको रेमिटान्स सहि ठाऊँमा सदुपयोग भईरहेको छ त? यो प्रश्न गरिरहदा मलाई एक जना कुवेतमा काम गर्ने व्यक्तीले केहि दिन अघि भनेको याद आयो। उनि भन्दै थिए केहि बर्ष पछि नेपाल फर्किदा आफ्नो घरको चुलोमा खाजा पाक्न छोडेछ। भान्सामा कोकाकोला, मःम, चाउमिन, चाउचाउ, र विस्कुट छिरेको देखेर उनि दङ्ग पो परेछन। उनि म सँग गुनासो गर्दै थिए, ६ बर्ष भयो कुवेतमा काम गर्न थालेको तर पैसा बचत गर्न सकिरहेको छैन। घर आउदा हरेको हातमा महङ्गो मोबाइल, घरको भित्तामा ३२ इन्चको स्माट टिभि, फ्रिज अनि नयाँ बाइक, छोरा छोरीलाई बोडिङ्ग स्कुलमा भर्ना, बजारमा एउटा घडेर तर हातमा पैसा बचेको छैन, कहि लगानी पनि छैन। अनि फेरी विदेश धाउनु पर्छ।
नेपाल सरकार सँग कुनै स्पष्ट तथ्याङ्क छैन कि बैदेशिक रोजगारीबाट प्राप्त रेमिटान्सको कति प्रशितस हिस्सा कुन ठाऊमा लगानी भईरहेको छ। यस्तो हालतमा त नेपालीहरु बेचिनै रहन्छन, सरकार केवल पैसा मात्र असुली रहन्छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा