सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अलिक अविश्वसनीय जस्तो लाग्छ, तर एउटा यस्तो पनि ठाउँ छ जहाँ बडेमानको पत्थर हावामा तैरिन्छ । भारतको राजस्थानको अजमेरमा सूफी सन्त हजरत ख्वाजा मोइनुद्दीन चिश्तीको दरगाहमा यो चमत्कारी पत्थर रहेको छ । कुनै पनि आधारविना नै पत्थर दुई इन्च माथि तैरिएको छ ।
भारत र विदेशका वैज्ञानिकहरू यो चमत्कारको कारण जान्न चाहन्छन् तर कसैले पनि सफलता हात पारेका छैनन् । यो पत्थर अजमेर शरीफ दरगाहको तारागढ पहाडको फेदमा छ ।
पत्थरका सम्बन्धमा एउटा कथा छ । यो विशाल पत्थर कुनै व्यक्तिमाथि खस्न लागेको बेलामा उसले ख्वाजालाई सम्झियो अनि उहाँले पत्थरलाई हावामै अड्काइदिनुभयो । त्यसपछि यो अहिलेसम्म हावामै छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा