सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ, असोज ५ । मोरङको कानेपोखरी गाउँपालिका ३ हरकपुरमा आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ। स्थानीय चन्द्रबहादुर राईको काठको किराना पसल भएको दुई तले घरमा बिहीबार बिहान आगलागी हुँदा उनीसहित ४ जनाको ज्यान इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए।
मृत्यु हुनेमा चन्द्रबहादुर, उनकी ८६ वर्षीया आमा गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राई छन्।
विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। तीन वटा दमकलको सहायताले विहान ७ बजे आगो नियन्त्रणमा लिइएको कार्कीले बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा