सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भदौ ३१, ताजा मिसाइल परिक्षणपछि युरोपमा उत्तर कोरियाका सांस्कृतिक सम्बन्धका विशेष प्रतिनिधी एलेग्जेन्ड्रा काओ डि बेनोले हमलाको प्रकृति हेरेर उत्तर कोरिया अमेरिकामाथि हाइड्रोजन बम खसाल्न तयार भएको बताएका छन् । यति मात्र होइन उनले उत्तर कोरिया आजको मितिसम्म अमेरिकाको कुनै पनि शहरलाई निशाना बनाउन सक्षम भएको भन्दै चेतावनी दिएका छन् ।
एलेग्जेन्ड्रो काओ डि बेनो किम जोंगका सबैभन्दा नजिकका व्यक्तिमध्येका एक मानिन्छन् । परमाणु परिक्षणपछि दुई हप्ताभन्दा कम समयमा उत्तर कोरियाले जापानको तर्फबाट अर्को एक मिसाइल प्रक्षेपण गरेको छ जसपश्चात् यो क्षेत्रमा चलिरहेको तनावमा थप वृद्धि भएको छ ।
‘संसारलाई आफ्नो क्षमता देखायौं’ : एलेग्जेन्ड्रो काओ डि बेनोले बीबीसीलाई भने, ‘अमेरिकाका सबै वैज्ञानिकलाई थाहा भयो होला कि हामीले जुन मिसाइल प्रक्षेपण गरेका छौं त्यो कम उचाईका बाबजूद लामो यात्रा तय गर्न सक्छ । यसबाट हामी चार हजार किलोमिटरसम्म पठाउन सक्छौं । अर्थात् अब हामी अमेरिकाको लगभग कुनै पनि शहरसम्म पुग्न सक्छौं ।’
उनले भने, ‘यसका साथै हामीले विभिन्न परमाणु परिक्षण पनि गर्यौं । यसले हाम्रो परमाणु क्षमता देखाउँछ । संसारलाई अब हाम्रो प्रविधी र वैज्ञानिक क्षमताबारे थाहा भएको छ ।’
डोनल्ड ट्रम्पको खेल समाप्तः उत्तर कोरियाको सेनाले भने, ‘मिसाइलले ७ सय ७० किलोमिटरको उचाई हाँसिल गर्यो र होकाइडोको समुन्द्रतर्फ करिब ३ हजार ७ सय किलोमिटरको यात्रा तय गर्यो ।’
काउ डि बेनोले भने, ‘डोनल्ड ट्रम्पलाई थाहा भइसकेको छ कि उनको खेल समाप्त भइसकेको छ तर संसारको अगाडि टेलिभिजनमा आफ्नो शक्ति प्रदर्शन गर्दै यो ढोंग गर्दछन् कि उनी अमेरिकालाई पुनः महान बनाउन प्रयास गरिरहेका छन् । दोस्रोतर्फ कुनै पनि गम्भीर स्थितीबाट बच्न र सुरुवाती सहमती बनाउनका लागि हाम्रो पहिलेदेखि नै कुराकानी भइरहेको छ । ’
अमेरिका आफ्नो अडानमा कायम : उत्तर कोरियाको परमाणु कार्यक्रमको विषयमा अमेरिका लगातार चेतावती दिइरहेको छ । यद्यपी, उत्तर कोरियामाथि यसको कुनै असर देखिएको छैन ।
यसैबिच, संयुक्त राष्ट्रमा अमेरिकी राजदूत निकी हेलीले यदि कडा आर्थिक प्रतिबन्धले काम नगरे वासिङ्टनसँग सैन्य कारवाहीको अन्य विकल्प पनि रहेको बताएकी छिन् । एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा