• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३२, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • इङ्गल्यान्डको हारपछि के भन्छन पूर्वकप्तान डेभिड बेकह्याम ?

      मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीलाई रेडियो कलर जडान, बस्तीमा आउनुअघि नै जानकारी हुने

      खावालिङ स्कुलमा विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

      माइतीघरमा टमाटर किसानको आन्दोलनपछि कृषि मन्त्री गिता चौधरीको पहल : कालीमाटीबाट उपत्यका बाहिर ढुवानी सुरु

      लागूऔषध सहित चार जना पक्राउ

      महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

      विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट

      इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      सरकार बदलिँदो आवश्यकता अनुसार युएनडीपीसँग विकास सहकार्य गर्न चाहन्छ : अर्थमन्त्री वाग्ले

      डीआरआई खारेज गर्ने निर्णय आर्थिक सुधारका लागि गरिएको हो : अर्थमन्त्री वाग्ले

      शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ

      सिंहदरबार बाहिर करार कर्मचारीको दबाबमूलक धर्ना

      आगामी आर्थिक वर्ष संसदमा १६६ विधेयक ल्याइने, २०८३\८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा 

      लामो समयपछि दशरथ रंगशाला फेरिँदै, मैदानमा धमाधम घाँस काट्ने काम

    होमपेज /  मुख्य समाचार

    ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २९, सोमबार (२ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६१ पटक पढिएको
  • काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । साेमबार महानगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमार्फत स्वास्थ्य, शिक्षा, पूर्वाधार, सम्पदा संरक्षण, सरसफाइ, प्रविधि र सहरी सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ ।

    महानगरका अनुसार कुल बजेटमध्ये पुँजीगततर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ (५७ प्रतिशत), प्रशासनिक खर्चतर्फ १ अर्ब ४५ करोड २१ लाख ५३ हजार रुपैयाँ (१९ प्रतिशत) र सामाजिक सुरक्षा तथा सशर्त अनुदानतर्फ १ अर्ब ७९ करोड ९७ लाख रुपैयाँ (२४ प्रतिशत) विनियोजन गरिएको छ ।

    महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा कुल खर्च प्रगति ६८ प्रतिशत पुगेको जनाएको छ । पुँजीगत खर्चको वित्तीय प्रगति ६०.४५ प्रतिशत र भौतिक प्रगति ७५ प्रतिशत रहेको छ । राजस्व संकलन प्रगति ७५.३१ प्रतिशत रहेको तथा बेरुजु ०.४४ प्रतिशत मात्र रहेको महानगरको दाबी छ ।

    ललितपुर महानगरले आगामी आर्थिक वर्षदेखि चिकित्सक, आवश्यक औषधि र उपकरणसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । त्यस्तै ६८ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई निमोनिया र इन्फ्लुएन्जाविरुद्धको निःशुल्क खोप उपलब्ध गराउने योजना अघि सारेको छ ।

    महिलामा हुने पाठेघरको मुख तथा स्तन क्यान्सरको स्क्रिनिङ र उपचार सेवा विस्तार गर्नुका साथै कोलोन क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने महानगरले जनाएको छ । ‘ज्येष्ठ नागरिकसँग महानगर स्वास्थ्य सेवा’ कार्यक्रमलाई विस्तार गर्दै अटिजम तथा अपांगता भएका व्यक्तिलाई समेत समेट्ने योजना रहेको छ ।

    महानगरले ललितपुरलाई उज्यालो र सुरक्षित शहरका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा स्मार्ट स्ट्रिट लाइट र हाई मास्ट लाइट जडानलाई निरन्तरता दिइनेछ ।

    कुपण्डोलदेखि जावलाखेलसम्म सञ्चालनमा ल्याइएको इन्टेलिजेन्ट ट्राफिक लाइट प्रणालीलाई हरिसिद्धि, युङ्गमती, कानदेवतास्थान, सानेपा, सान्तभवन, धोबिघाट र एकान्तकुनासम्म विस्तार गरिने भएको छ ।

    सडक दुर्घटना न्यूनीकरणका लागि अटोमेटेड स्मार्ट बुम जडान गरी ट्राफिक लाइटसँग जोड्ने योजना पनि अघि सारिएको छ । स्मार्ट स्ट्रिट लाइट भएका क्षेत्रमा नेपाल प्रहरीको प्राविधिक सहयोगमा सीसीटीभी जडानलाई निरन्तरता दिइनेछ ।

    ललितपुर महानगरले ऐतिहासिक सम्पदा संरक्षणलाई समेत बजेटमा प्राथमिकता दिएको छ । सप्तपाताल पोखरी पुनर्निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुला गर्ने योजना रहेको छ भने कमलपोखरी निर्माणका लागि बजेट व्यवस्था गरिएको छ ।

    राजकुलो, ढुंगेधारा, इनार, पोखरी तथा पुराना सम्पदाको संरक्षण र पुनर्निर्माणलाई निरन्तरता दिइने महानगरले जनाएको छ । हिरण्यवर्ण महाविहार, भूरेश्वर मन्दिर, मरु मन्दिर, रुद्रायणी मन्दिरलगायत पुनर्निर्माण हुन बाँकी सम्पदाका लागि समेत बजेट छुट्याइएको छ ।

    महानगरले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक तथा शिक्षकसँग कार्यसम्पादन करार गर्ने योजना ल्याएको छ । विद्यालय तहको सिकाइ उपलब्धिमा कम्तीमा ५ प्रतिशत सुधार गर्ने लक्ष्य राखिएको छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको पुरस्कारलाई निरन्तरता दिइनेछ भने ‘एक विद्यालय एक सम्पदा संरक्षण’ र ‘हरित विद्यालय’ कार्यक्रम सञ्चालन गरिनेछ ।

    ललितपुरलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित महानगरलाई ‘आईटी हब’ बनाउने योजना पनि बजेटमा समेटिएको छ ।

    फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन अस्थायी ट्रान्सफर स्टेसन थप गर्ने, जीपीएस प्रणालीसहितको फोहोर संकलन व्यवस्थापन गर्ने र घरघरमै कुहिने तथा नकुहिने फोहोर छुट्याउने व्यवस्था लागू गर्ने महानगरले जनाएको छ ।

    ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोग निषेध गर्दै वातावरणमैत्री झोला उत्पादनलाई प्रोत्साहन गरिनेछ । ग्राउन्ड वाटर रिचार्ज अभियान सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ ।

    महानगरले आर्थिक ऐनमार्फत विभिन्न कर छुटको व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको सम्पत्ति कर र भूमिकर असोज मसान्तभित्र बुझाएमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

    त्यस्तै व्यवसाय नवीकरण हुन बाँकी रहेका उद्योग व्यवसायले तोकिएको अवधिभित्र बक्यौता बुझाएमा जरिवानामा छुट दिने व्यवस्था गरिएको छ । महिला, दलित तथा अपांगता भएका व्यक्ति वा समूहद्वारा सञ्चालित व्यवसाय दर्तामा ५० प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ ।

    महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमार्फत ललितपुरलाई सुरक्षित, व्यवस्थित, सम्पदा संरक्षणयुक्त र प्रविधिमैत्री शहर बनाउने लक्ष्य लिएको जनाएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    खावालिङ स्कुलमा विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

    डीआरआई खारेज गर्ने निर्णय आर्थिक सुधारका लागि गरिएको हो : अर्थमन्त्री वाग्ले

    शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ

    आईजीपीद्वय कार्की र पौडेल स्वदेश फिर्ता

    मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

    एमाले प्रमुख सचेतक ऐन महरलाई ज्यान मार्ने धम्की

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इङ्गल्यान्डको हारपछि के भन्छन पूर्वकप्तान डेभिड बेकह्याम ?

    मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीलाई रेडियो कलर जडान,…

    खावालिङ स्कुलमा विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

    माइतीघरमा टमाटर किसानको आन्दोलनपछि कृषि मन्त्री गिता चौधरीको…

    खावालिङ स्कुलमा विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

    डीआरआई खारेज गर्ने निर्णय आर्थिक सुधारका लागि गरिएको…

    शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति…

    आईजीपीद्वय कार्की र पौडेल स्वदेश फिर्ता

    आर्थिक

    कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज 

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

    सिटी एक्सप्रेस मनि ट्रान्सफरको २०औँ वार्षिकोत्सवमा रक्तदान, उत्कृष्ट कर्मचारी सम्मानित

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑