• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारत भ्रमणबाट फर्किए रवि लामिछाने, ‘सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ’

      नेपालमा काम गर्न निजामती कर्मचारी नै बाधक : मुख्यमन्त्री बानियाँ

      उखुको भुक्तानी माग गर्दै सर्लाहीमा प्रदर्शन

      रास्वपा धनुषामा किचलो, कार्यकर्ताहरुले लगाए पार्टी कार्यालयमा ताला

      रास्वपा नुवाकोट सभापतिमा राजुप्रसाद लामिछानेको उम्मेदवारी 

      सभापति रवि लामिछाने भारतबाट नेपाल प्रस्थान

      रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रनवेको फिनाले २३ गते

      ‘राजनीतिक शक्तिहरूको डर नै दुर्गा प्रसाईं हो’

      हिमालयमा तीव्र जलवायु परिवर्तन र बढ्दो विपद् जोखिम :विशेषज्ञ डा. श्रेष्ठ

      रमा तिवारी हत्या प्रकरण : १० दिनपछि भारतीय नागरिक पक्राउ, रकमको विवादले लियो ज्यान

      ‘राजनीतिक शक्तिहरूको डर नै दुर्गा प्रसाईं हो’

      गुरुङमाथिको छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो, पुनः गृहमन्त्री बन्ने सम्भावनाबारे चासो

      नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ ¥याली सम्पन्न

      काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ जनाको उद्धार

      निर्वाचनमा हारिए पनि जनताको मन जितेको छौं : कुलमान घिसिङ

    होमपेज /  समाचार

    भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् :राष्ट्रपति पौडेल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २२, शुक्रबार (११ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४२ पटक पढिएको
  • राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्।

    शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले साहित्य सिर्जना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम भएको बताए।

    राष्ट्रपति पौडेलले भने, ‘साहित्य सिर्जना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम पनि हो। यसले हाम्रो समाज, जनजीवन, लोकतान्त्रिक मूल्य–मान्यता, रूपान्तरण, परिवर्तन, देशप्रेम र सामाजिक न्यायका लागि उत्प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान दिएको हुन्छ। साथै, साहित्यले समाजलाई जोड्ने, जागरुक बनाउने र उज्यालो भविष्यतर्फ अघि बढाउने सामथ्र्य राख्दछ भन्ने मलाई लाग्दछ।’

    उनले नेपाली भाषा, साहित्य, जनचेतना र राष्ट्रिय भावनाको विकासमा युगकवि सिद्धिचरण श्रेष्ठले पु¥याएको योगदानको स्मरण गर्दै नयाँ पुस्ताले उनलाई इतिहासका कविका रूपमा मात्र नभई चेतना, साहस, सिर्जनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणास्रोतका रूपमा बुझ्न आवश्यक रहेको बताए।

    राष्ट्रपति पौडेलले भने, ‘आजको नयाँ पुस्ताले युगकवि सिद्धिचरण श्रेष्ठलाई केवल इतिहासका एक कविका रूपमा मात्र होइन, चेतना, साहस, सिर्जनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणास्रोतका रूपमा बुझ्न आवश्यक छ। नेपाली साहित्यको श्रीवृद्धिमा उहाँको योगदान महत्वपूर्ण छ। उहाँ आफ्नो समयको चेतना, समाजको संवेदना र परिवर्तनप्रतिको आकांक्षालाई शब्दमार्फत अभिव्यक्त गर्ने विशिष्ट साहित्यिक व्यक्तित्व हुनुहुन्थ्यो।’

    उनले तत्कालीन कठिन सामाजिक तथा राजनीतिक परिस्थितिमा पनि सिद्धिचरणले साहित्यका माध्यमबाट स्वतन्त्रता, न्याय, मानवता, राष्ट्रिय स्वाभिमान र जनचेतनाको सन्देश प्रवाह गरेको उल्लेख गरे।

    ‘चेतनापूर्ण साहित्यिक अभिव्यक्ति र निर्भीक विचारका कारण लामो समयसम्मको कष्टकर कारावासको सजाय भोग्दाका बखत पिताको काजक्रियामा सहभागी हुन नपाएको पीडादायी प्रसंगबाट उहाँको जीवनको संघर्ष, त्याग र साहित्यप्रतिको निष्ठा बुझ्न सकिन्छ,’ राष्ट्रपति पौडेलले भने ।

    उनले सिद्धिचरणका कवितामा जन्मभूमिप्रतिको गहिरो प्रेम, राष्ट्रप्रतिको आस्था र नेपाली जनजीवनप्रतिको संवेदनशीलता प्रचुर मात्रामा पाइने उल्लेख गर्दै ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताले जन्मभूमिप्रतिको अगाध प्रेमलाई नेपाली साहित्यमा अविस्मरणीय रूपमा स्थापित गरेको बताए।

    कार्यक्रममा डा. दुबसु क्षेत्री र डा. गार्गी शर्मालाई युगकवि सिद्धिचरण पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

    राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा युगकवि सिद्धिचरण श्रेष्ठको योगदान सदैव स्मरणीय रहने विश्वास व्यक्त गरे।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    उखुको भुक्तानी माग गर्दै सर्लाहीमा प्रदर्शन

    हिमालयमा तीव्र जलवायु परिवर्तन र बढ्दो विपद् जोखिम :विशेषज्ञ डा. श्रेष्ठ

    रमा तिवारी हत्या प्रकरण : १० दिनपछि भारतीय नागरिक पक्राउ, रकमको विवादले लियो ज्यान

    ‘राजनीतिक शक्तिहरूको डर नै दुर्गा प्रसाईं हो’

    नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ ¥याली सम्पन्न

    निर्वाचनमा हारिए पनि जनताको मन जितेको छौं : कुलमान घिसिङ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारत भ्रमणबाट फर्किए रवि लामिछाने, ‘सीमा विवाद कूटनीतिक…

    नेपालमा काम गर्न निजामती कर्मचारी नै बाधक :…

    उखुको भुक्तानी माग गर्दै सर्लाहीमा प्रदर्शन

    रास्वपा धनुषामा किचलो, कार्यकर्ताहरुले लगाए पार्टी कार्यालयमा ताला

    वातावरण संरक्षण तथा प्रकृतिमैत्री विकासमा सबैको सक्रिय सहभागिता…

    भारतका गृहमन्त्री अमित शाहसँग सभापति रवि लामिछानेको भेट

    मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू…

    रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

    आर्थिक

    नेपालमा उबरको आधिकारिक सेवा सुरु, काठमाडौंमा बाइक र कार सेवा सञ्चालन

    शुक्रबार घट्यो सुनचाँदीको मूल्य

    ऊर्जा क्षेत्रका एजेन्डा सरकारी नीति तथा कार्यक्रममा समावेश हुन सफल : अध्यक्ष कार्की

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑