• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट आउनसक्छ : कृषि सचिव मिश्र

      वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ खनाल

      ‘किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरता जरुरी छ’

      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

      धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

      दही–चिउरा स्वास्थ्यका लागि लाभदायी : जनस्वास्थ्यविद डा.उप्रेती

      धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड

      कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्छ : प्रचण्ड

      विश्वकप २०२६ को समूह चरणमा तोडिए अनेक कीर्तिमान

      कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ : मुख्यमन्त्री कार्की   

      आज दही चिउरा खाई असार १५ मनाइँदै

      राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

      आज दही चिउरा खाई असार १५ मनाउँदै

      दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

      आज राष्ट्रिय धान दिवस मनाइँदै

    होमपेज /  मुख्य समाचार

    मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन : डा. बिक्रम वीर बज्राचार्य

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ पौष १८, शुक्रबार (५ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १९९ पटक पढिएको
  • काठमाडौं । विश्वव्यापी रूपमा करिब ८५ करोड मानिस मृगौला (किड्नी) रोगबाट प्रभावित छन् भने नेपालमा प्रत्येक वर्ष करिब तीन हजार नयाँ बिरामी थपिँदैछन् । तर यकिन तथ्याङक आउन भने बाँकी रहेको मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. बिक्रम वीर बज्राचार्यले बताए ।

    शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्ने मृगौला मानव शरीरको अति महत्वपूर्ण अंग हो । डा.बज्राचार्यका अनुसार मृगौला केवल रगत सफा गरेर पिसाब बनाउने काम मात्र गर्दैन, यसले शरीरमा नुनको मात्रा, ब्लड प्रेसर, हेमोग्लोबिन र भिटामिन डीको सन्तुलन कायम राख्छ ।

    ‘मृगौलाको काम रक्त फिल्टर मात्र होइन, शरीरको ब्लड प्रेशर र इन्डोक्राइन फङ्क्सनलाई पनि नियन्त्रण गर्ने हो,’ डा. बज्राचार्यले बताए।

    नेपाल न्यूज बैंकसँगको कुराकानीमा मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. बज्राचार्यले मधुमेह र उच्च रक्तचापलाई मृगौलाका लागि मुख्य खतरा रहेको बताए ।

    ‘ब्लड प्रेशर, उच्च रक्तचाप भएका र मधुमेहका बिरामीहरूमा चाँडै समस्या हुन्छ । प्रेसर बढी भयो या डाइबिटिजमा प्रोटिनहरू लिक हुन थाल्यो भने बिस्तारै किड्नीको काम गर्ने क्षमता कम हुन्छ,’ उनले भने ।

    डा. बज्राचार्यका अनुसार उच्च रक्तचाप र मधुमेहले किड्नीको समस्या ल्याइ (ग्लोमेरोनेफ्राइटिस) किड्नीमा प्रोटिन जाने समस्या पैदा गर्दछ ।

    ‘उच्च रक्तचाप र मधुमेह यी दुई रोगले मृगौलाको काम गर्ने क्षमता छिट्टै घटाउँछन् । त्यसबाहेक ग्लोमेरोनेफ्राइटिस, बारम्बारको युरिनरी ट्रयाक इन्फेक्सन, पथरी, औषधि सेवन, पोलिसिस्टिक किड्नी डिजिज र जन्मजात समस्या पनि मृगौलामा असर पार्छन्,’ उनले थपे ।

    डा. बज्राचार्यका अनुसार, मृगौला रोगको प्रारम्भिक लक्षण देखिँदा धेरैजसो मानिस सचेत हुँदैनन् । ‘शरीरले रोगलाई एडाप्ट गर्छ, त्यसैले प्रारम्भिक चरणमा लक्षण प्रायः देखिंदैन । तर पछि हातगोडा सुन्निनु, अनुहार फुल्नु, थकान, खाना अरुचि हुनु, वाकवाकी हुने जस्ता लक्षण देखिन्छ,’ उनले बताए।

    उनले मृगौला रोगबाट बच्नका लागि स्वास्थ्यकर जीवनशैली अपनाउन सुझाए । उनका अनुसार पर्याप्त पानी पिउनु, सन्तुलित खाना खानु, फलफूल उपभोग गर्नु, चुरोट र मदिरा कम गर्नु र मधुमेह वा उच्च रक्तचाप भएका व्यक्तिले नियमित जाँच गराउनु आवश्यक छ ।

    डा. बज्राचार्यले डायलाइसिस र मृगौला प्रत्यारोपणको अवस्थाबारे पनि जानकारी दिए । उनले भने, ‘क्रोनिक किड्नी डिजिजको अन्तिम चरणमा पुगेका बिरामीका लागि प्रत्यारोपण पहिलो विकल्प हो । डायलाइसिस भने नियमित रूपमा आवश्यक पर्छ । नेपालमा डायलाइसिस सेन्टरहरू बढेका भएपनि अहिले पर्याप्त छैनन् । सरकारको फ्री डायलाइसिस सेवा उपलब्ध भए पनि, धेरै बिरामीलाई खर्चिलो परिरहेको छ ।’

    उनका अनुसार सामान्य व्यक्तिले वर्षमा कम्तिमा एकपटक किड्नी जाँच गराउनुपर्छ । यसले रोग प्रारम्भिक चरणमै पत्ता लगाउन र उपचार सुरु गर्न मद्दत गर्छ।

    कसरी पत्ता लगाउने मृगौला समस्या ?

    डा. बज्राचार्यका अनुसार मृगौला रोगको प्रारम्भिक लक्षणमा आपत्कालीन किड्नीको समस्या र दीर्घकालीन समस्या रहन्छ । आपत्कालीन किड्नीको समस्या अरु रोगसँग टाँसिएर आउँछ भने दीर्घकालीन मृगौलाको समस्या मृर्गौला फेल भनएसम्म थाहा नहुने डा. बज्राचार्यले बताए ।

    ‘किड्नी रोग प्रारम्भिक चरणमा देखिँदैन । एक्युट किड्नी इन्जुरी आपतकालीन अवस्था हो भने, क्रोनिक किड्नी डिजिज बिस्तारै आउँछ । प्रारम्भिक जाँचहरूमा युरिनमा प्रोटिन वा क्रेटिनिन बढेको देखिनु किड्नी समस्या संकेत हुन सक्छ,’ उनले भने ।

    उमेर समूहको हिसाबले पनि समस्या फरक देखिने उनी बताउँछन् । प्रायः ४० वर्ष माथिका व्यक्तिमा मधुमेह, उच्च रक्तचाप वा अन्य रोगसँग सम्बन्धित कारणले किड्नी रोगको जोखिम बढी हुनेपनि उनले बताए ।
    डायलाइसिस र मृगौला प्रत्यारोपण

    डा.बज्राचार्यका अनुसार दीर्घकालीन मिर्गौला रोगको अन्तिम चरणमा डायलाइसिस वा मृगौला प्रत्यारोपण अपरिहार्य हुन्छ । किड्नी फेल भयो वा तत्कालको लागि काम गरेन भने तत्काल डायलाइसिस र तत्कालरुपमा मृगौला प्रत्यारोपणको अर्को विकल्प नरहेको उनले बताए ।

    मृगौंलाको दीर्घकालीन रोगीहरूमा ९० प्रतिशत भन्दा माथि काम नगरे हप्ताको दुई चोटि वा तीन चोटि डायलाइसिस गर्नुपर्ने उनले जानकारी दिए ।

    ‘शरीरमा पीएचको मात्रा अत्यधिक मात्रामा घटेर गएको छ, बाइक कम भएको छ । पिसाबको मात्रा कम भएर जिउ सुनिन थाल्यो, सासै फेर्न गाह्रो भयो । औषधि दिँदा पनि काम गरेन भने डायलाइसिस दिनुपर्ने हुन्छ । दीर्घकालीन रोगीहरूमा अब यो किड्नीले अब ९० प्रतिशत भन्दा माथि काम गरेन भने हप्ताको दुई चोटि वा तीन चोटि डायलाइसिस रेगुलर रूपमै गर्नुपर्ने हुन्छ,’ उनले भने ।

    डा. बज्राचार्यका अनुसार नेपालमा डायलाइसिस सेन्टरहरू धेरै बढीरहेका छन् । डायलाइसिस सेन्टरहरू प्रशस्त भएपनि डायलाइसिस सेवा सहजै दिन एकदमै धौ धौ परेको अवस्था रहेको पनि उनले बताए ।

    ‘विगतका १५ वर्षमा नेपालमा डायलाइसिस सेन्टरहरू धेरै बढेका छन् । बिरामीहरू बढ्दै गइरहेको छ । अहिले पनि डायलाइसिस सेवा सहजै दिन एकदमै धौधौ परेको अवस्था छ,’ उनले थप भने, ‘नेपाल सरकारले फ्री डायलाइसिस सेवा दिने सेन्टरहरू खोलेको छ तर अझै सबै बिरामीलाई सहज पहुँच छैन । सरकारी फ्री डायलाइसिस सेवाको पहुँचबाट बाहिर भएकाहरु धेरै पैसा तिरिरहनु परेको छ ।’

    उनका अनुसार मृगौला प्रत्यारोपणका लागि पनि नेपालमा लिभिङ रिलेटेड डोनेर प्रणाली छ । बिरामीका आफन्त वा स्वास्थ्य मिल्ने सम्बन्धी व्यक्तिबाट मृगौला प्रत्यारोपण गर्न सकिन्छ ।
    सावधानी र जागरूकता आवश्यक

    डा. बज्राचार्यले सामान्य व्यक्तिलाई पनि वर्षमा कम्तीमा एकपटक रुटिन किड्नी जाँच गराउन सुझाव दिए।
    उनले मृगौला रोग लाग्दा लक्षण लिएर नआउने भन्दै लक्षण देखिँदा मृगौला रोग अन्तिम चरणमा पुग्ने सम्भाजना बढी रहेको बताए ।

    ‘अब मृगौला रोग लक्षण लिएर आउँदैन, मान्छेलाई जब गाह्रो पर्छ, त्यो अलमोस्ट लास्ट स्टेज नै भएर आउँछ । सामान्य मान्छेले पनि शरीरमा समस्या छ, साना–साना समस्याहरू छन्, जसलाई हामीले त्यति ध्यान दिइरहेको छैन भने वर्षमा एक पटक भए पनि स्क्रिनिङ गर्नै पर्छ,’ उनले भने ।

    सुरुमा नै लक्षण पत्ता लागे उपचार सम्भव हुने बताए । उनले भने ‘सुरुमा साना लक्षण भए पनि नियमित जाँचले रोग प्रारम्भिक चरणमै पत्ता लगाएर उपचार सम्भव बनाउँछ । मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिहरूले विशेष ध्यान दिनुपर्छ ।’ उनका अनुसार मृगौला रोग सजिलै देखिँदैन, तर सचेत रहनु र नियमित परीक्षण गर्नु नै दीर्घकालीन स्वास्थ्यको सुनिश्चितता हो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ देखिएपछि भैरहवामा आकस्मिक अवतरण

    केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्ने : अर्थमन्त्री

    प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा गर्मी अझै कायम

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट…

    वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ…

    ‘किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरता जरुरी…

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ…

    केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्ने : अर्थमन्त्री

    प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

    बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑