सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्ध दायर गरिएको रिट निवेदन दरपिठ गरेपछि उनको लागि नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने बाटो खुलेको छ।
अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै रिट दायर गरेका थिए। तर सर्वोच्च अदालत प्रशासनले उक्त रिट आज दरपिठ गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन्।
उनका अनुसार रिटमा डा. पौडेललाई गभर्नर सिफारिस समितिले नियुक्तिका लागि सिफारिस गरेको कुनै ठोस प्रमाण नदेखिएको, पत्रपत्रिकामा प्रकाशित समाचारलाई आधार बनाइएको, र सामूहिक हक अधिकार कसरी हनन भएको भन्ने स्पष्ट नखुलाएको भन्दै रिट दर्ता नहुने ठहर गरिएको हो।
सर्वोच्चको यो निर्णयसँगै कानुनी अवरोध हटेको छ र अब डा. पौडेललाई गभर्नर नियुक्त गर्ने बाटो खुला भएको छ।
डा. पौडेल विगतमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सरकारका आर्थिक सल्लाहकार तथा विभिन्न अन्तर्राष्ट्रिय निकायसँग आवद्ध अर्थशास्त्री हुन्। उनको नियुक्तिलाई अर्थतन्त्रको सुधार र स्थायित्वको सन्दर्भमा महत्वपूर्ण मानिएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा