सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । पूर्वमन्त्री तथा साहित्यकार प्रदीप नेपालको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको हो। परिवारका अनुसार नेपाल केही दिनदेखि अस्पतालमा भर्ना थिए।
८० वर्षीय नेपाल लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित थिए। पछिल्ला दिनहरूमा उनलाई निमोनिया समेत देखिएको थियो। स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए।
उनका भाइ समिर नेपालले प्रदीप नेपालको निधनको पुष्टि गरेका छन्। पूर्वमन्त्री नेपालको निधनप्रति राजनीतिक, सामाजिक तथा साहित्यिक वृत्तले दुःख व्यक्त गरेका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा