सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ९८ अङ्कले घटेर २ हजार ६१० दशमलव ४० विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३१९ वटा कम्पनीका १ करोड ८४ लाख कित्ता शेयर ७ अर्ब ६३ रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै राधी विद्य्युत कम्पनिको ७६ करोड ५ लाखको शेयर किनबेच भयो ।
।
आज होटल, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै १ प्रतिशतले ओरालो लागेको छ ।
यसदिन हिमालयन पावर पार्टनर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स, सिटिजन्स सुपर ३० म्युचल फन्ड, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा