सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । सम्पूर्ण हिन्दूहरुलाई जागृत हुन स्वामी रामभद्राचार्यजी महाराजले आग्रह गरेका छन् ।
धर्मचक्रवर्ती तुलसीपीठाधीश्वर ‘पद्मविभुषण’ जगद्गुरू रामानन्दाचार्य स्वामी रामभद्राचार्य जी महाराजले सम्पूर्ण हिन्दूहरुलाई जागृत हुन आग्रह गरेका हुन् ।
सोमबार जनकपुरधामस्थित जानकी मन्दिर दर्शन गर्न आएका विश्वप्रसिद्ध हिन्दू धर्मगुरु रामानन्दाचार्य स्वामी रामभद्राचार्य जीले विभिन्न स्थानमा हिन्दूहरुप्रति भइरहेको आक्रमणको सामना गर्न सम्पूर्ण हिन्दूलाई एकजुट भएर लड्न आग्रह गरेका छन् ।
उनले मुस्लिमलगायत अन्य धर्मावलम्बिहरुले मिलेर एक मात्र हिन्दू राष्ट्र नेपाललाई बरबाद गरेको बताए । उनले नेपाल र भारतलाई हिन्दू राष्ट्र हुनुपर्ने धारणा राखे । साथै उनले नेपालमा राजा आउनुपर्ने पनि बताए ।
रामानन्दाचार्य स्वामी रामभद्राचार्य जीलाई जनकपुरवासीले भव्य स्वागत गर्नुका साथै मिथिला परम्परा अनुसार गारी (सम्धि पक्षलाई दिने व्यङयात्मक गाली) दिएका थिए ।
उनले जानकी मन्दिरको गर्भगृहमा पूजा गर्नुका साथै मन्दिर परिक्रमा गरी प्रसाद ग्रहण गरेका थिए । उनी भारत विहारको सितामढि प्रस्थान गरेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा