सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तसहित मन्त्रालयका उच्च पदस्थ अधिकारी र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ ।
मन्त्रालयमा भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको बताएका हुन् ।
उनले भने, ‘हाम्रो छलफल जारी छ । अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको छ । छिटो भन्दा छिटो यो सहमति टुंग्याएर अगाडि बढ्ने हाम्रो प्रयत्न छ । हामी यसलाई साझा सहमतिका आधारमा टुंग्याउने मैले विश्वास लिएको छु । हामी शिक्षकहरुसँग वार्तामा छौं । त्यो वार्ता सकारात्मक ढंगले अगाडि बढेको छ । सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउने छौं सरकारको तर्फबाट।’
साथै उनले छिटो भन्दा छिटो यो शिक्षकहरुको मागलाई टुंग्याएर सरिकार अगाडि बढ्ने प्रयत्न गरिरहेको बताए । उनले साझा सहमतिका आधारमा शिक्षकहरुको माग टुंग्याउने बताए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा