सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लहान—२८ जेठ, राजपाले निर्वाचन बिथोल्ने गरी तराई मधेसमा आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको छ। घोषित रुपमै चुनाव बिथोल्ने गरी राजपाले निर्वाचन कार्यालयमा तालाबन्दीदेखि आमहड्तालसम्मका घोषणा गर्न लागेको हो। राजपाका नेता मनिष सुमनले भने,‘संविधान संशोधनबिना हामी चुनावमा जाने प्रश्न नै आउँदैन। हामी चुनावमा नजानुको अर्थ किर्तन(भजन) गरेर बस्ने होइन। यो चुनाव हुन्न दिन्नौ, बिथोल्छौ।’
सरकार निर्माणका क्रममा संसदमा भएको मतदानमा राजपाले शेरबहादुर देउवालाई मतदान गरेको थियो। सत्ता समर्थक सो दलका नेताहरुले यसअघि चुनाब चिन्ह पाए निर्वाचनमा सहभागी हुने बताएका थिए। राजपको माग सम्बोधन गर्न सरकारले निर्वाचन कानुन संशोधन गरी दल दर्ताको बाटो खुला गरेको थियो। त्यसपछि उसले चुनाबमा जान फेरि संविधान संशोधनको माग अघि सारेको हो।
आइतबार बिहान सत्ता साझेदार दलहरु काँग्रेस–एमालेसँग राजपाका नेताहरुको बैठक भएको थियो। बैठकमा राजपाका नेताहरुले स्थानीय तहको निर्वाचन पछि सार्न माग गरेका थिए। राजपाका नेता सुरेश मण्डलका अनुसार जेठ ३० गतेदेखि असार २ गतेसम्म मधेस बन्दको कार्यक्रम तय गरिएको छ। राजपाले दिउँसो ४ बजे बिजुलीबजार स्थित पार्टी कार्यालयमा पत्रकारसम्मेलन गरी आन्दोलनको विस्तृत कार्यक्रम घोषणा गर्दैछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा