सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भोजपुर, जेष्ठ २६ – एमालेले दुई नगरपालिका, सात गाउँपालिका र ८१ वडामा उम्मेदवार टुंगो लगाएको एमाले जिल्ला कमिटी सचिव शरणकुमार राईले बताए । भोजपुर नगरपालिकाको मेयरमा गणेश श्रेष्ठ र उपमेयरमा ममिता राईलाई घोषणा गरिएको छ । षडानन्द नगरपालिकाको मेयरमा सुरेन्द्र उदास र उपमेयरमा मेरिका राईलाई चयन गरेको छ ।
यसै गरी टेम्केमैयुङ्ग गाउँपालिकाको प्रमुखमा ध्रुवराज राई र उपप्रमुखमा इन्द्रवती राई, साल्पासिलिछो गाउँपालिकाको प्रमुखमा खगेन्द्र राई र उपप्रमुखमा धनमाया राई, अरुण गाउँपालिकाको प्रमुखमा नारायण घिमिरे र उपप्रमुखमा कविता राई, पौवादुङ्मा गाउँपालिकाको प्रमुखमा किरण राई र उपप्रमुखमा ज्योत्सना राई छन् ।
आमचोक गाउँपालिकाको प्रमुखमा बहादुर राई र उपप्रमुखमा दिव्यकला राई, रामप्रसाद राई गाउँपालिकाको प्रमुखमा विजय राई र उपप्रमुखमा कृतिका राई र हतुवागढी गाउँपालिकाको प्रमुखमा प्रेमकुमार राई र उपप्रमुखमा चन्द्रमा राई छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा