सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेष्ठ २६, ताप्लेजुङ टिम रौतहटसँग तीन पटक हारेको छ। दुईपल्ट रौतहटकै मैदान र एकपल्ट सिन्धुपाल्चोकमा। अब तानसेनस्थित टुँडिखेलमा शुक्रबार फेरि उपाधिका लागि रौतहट र ताप्लेजुङ आमनेसामने हुँदै छन्। बदला लिने रणनीतिसाथ खेल्ने योजना ताप्लेजुङको छ। स्याङ्जाको वालिङमा लिग, क्वाटरफाइनल र सेमिफाइनल खेलेको रौतहटलाई शुक्रबार तानसेन मैदान नयाँ हुनेछ। ताप्लेजुङले भने यसै मैदानमा पाँच खेल खेलिसकेको छ।
रौतहट कमजोर टिम होइन। विजेताको ३ लाख र उपविजेताको डेढ लाख पुरस्कारका लागि हुने एन्फा राष्ट्रिय महिला लिग फुटबलको फाइनल रोचक हुने अपेक्षा छ। रौतहटलाई जसरी पनि जित्ने योजना बुन्दै छ ताप्लेजुङ। टिम प्रशिक्षक देवकुमार लिम्बू रौतहटलाई जित्ने रणनीतिक तयारी भइरहेको बताउँछन्। ‘हरेकपल्ट रौतहटसँग पराजित भएका छौं,’ उनले भने, ‘यसपालि भने हामी जित्ने कोसिसमा छौं।’
अहिलेसम्म सँगै खेल्दा रौतहटले ताप्लेजुङलाई पराजित नै गरेको छ। ‘यसअघिका खेल मूल्यांकन गरेर खेल्ने हाम्रो रणनीति छ,’ लिम्बूले भने। रौतहट महिला फुटबलमा बलियो मानिन्छ। यसपालि ताप्लेजुङले तीन राष्ट्रिय खेलाडीसहित एक जना नयाँ खेलाडी टिममा राखेको छ। गोलकिपर लीला लामगादे, अनिता बस्नेत, गीता मगर राष्ट्रिय खेलाडी हुन्। भुजुंगा राई उदीयमान खेलाडी हुन्। रौतहटसँग अन्जना रानामगर, अन्जली योन्जन जस्ता राष्ट्रिय टिमकै खेलाडी छन्। गोलकिपर अन्जनाले दुई साताअघि मलेसियामा मैत्रीपूर्ण म्याच खेलेकी थिइन्।
‘हाम्रो टिमलाई बलियो नै ठानेका छौं,’ रौतहटका प्रशिक्षक नूरराज काफ्लेले भने, ‘हाम्रो लक्ष्य फाइनल जित्ने नै हो।’ ताप्लेजुङसँग धेरै पटक भेट भेट्दा आफ्नो टिमले जितेका कारण खेलाडी उत्साहित रहेको उनले सुनाए। तानसेनमा ताप्लेजुङले गोल खाएको छैन। टोलीले लिग चरणमा सप्तरीलाई १०, सिन्धुलीलाई ८ र सिन्धुपाल्चोकलाई ३ गोलले पराजित गरेको हो। ताप्लेजुङले क्वाटरफाइनलमा कैलालीलाई १–० र सेमिफाइनलमा काठमाडौलाई ४–० ले हराएर आफूलाई बलियो साबित गरेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा