सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २१ , काठमाडौं । अब विदेशी लगानीकर्ताले पनि नेपालको पूँजी बजारमा लगानी गर्न पाउने भएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकपछि सरकारले विदेशी लगानी सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०७४ पारित गर्दै विदेशी लगानीकर्तालाई पूँजी बजारमा लगानी गर्न खुला गरेको हो । नयाँ विद्येयकमा विदेशी लगानीकर्ताका लागि पूँजी लगानी कोष, दोस्रो बजारमार्फत धितोपत्रमा गरेको लगानी, लीज लगानीलगायत क्षेत्र विस्तार गरिएको छ । नेपालमा विदेशी लगानी भित्र्याउन कानुनी रुपमा सहजिकरण गर्ने उद्देश्यसहित उद्योग मन्त्रालयको पहलमा नयाँ विधेयक ल्याइएको हो ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीले आइतवार मन्त्रालयमा आयोजना गरेको पत्रकारसम्मेलनमा लामो समयदेखि अड्केर बसेको विदेशी लगानीसम्बन्धी विधेयक शुक्रवारको मन्त्रिपरिषद्ले पारित गरेको बताए । उनले भने, ‘यो विधेयक पारित भएसँगै विदेशी लगानीकर्तालाई लगानीको वातावरण बनेको छ ।’ मन्त्री जोशीले विदेशी लगानीकर्ताका लागि व्यापक सुविधा दिएर विधेयक ल्याइएको भन्दै ढुक्क भएर नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रहसमेत गरे । मन्त्री जोशीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ लाई खारेज गरेको बताउँदै नयाँ बनेको विधेयक नेपालमा विदेशी लगानी भित्र्याउने काममा सकारात्मक रहेको बताए ।
अबका दिनमा दोस्रो बजारबाट विदेशी लगानीकर्ताले सेयर खरिद गर्न सक्नेछन् । यसैगरी ५ अर्ब रुपैयाँसम्मको विदेशी लगानीको स्वीकृति उद्योग विभागले दिने भएको छ । यस अघि २ अर्ब रुपैयाँभन्दा माथीको विदेशी लगानी स्वीकृतिका लागि उद्योग तथा लगानी प्रवद्र्धन बोर्डमा जानुपर्ने व्यवस्था थियो ।
यो विधेयक संसद्बाट पारित भएसँगै विश्वव्यापी रुपमा प्रचलित हुने मन्त्री जोशीले आशा ब्यक्त गरे । उनले कुन लगानीकर्ताले कति लगानी गर्ने भन्नेबारे नियमावलीमा समावेश गरिने समेत उल्लेख गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा