सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । हाँस्यकलाकार सीताराम कट्टेल धुर्मुसले दरबार हत्याकाण्डको रहस्य अझै खुल्न नसकेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले आँफु झापाबाट काठमाडौँ आजभन्दा १६ वर्ष पहिले आजकै दिन आएको समेत स्टाटसमा उल्लेख गरेका छन् ।
धुर्मुसले २०५८ जेठ १९ गते आफू कलंकी आइपुग्दा दरबार हत्याकाण्डको खबरले निकै चिन्तित भएको भन्दै लेखेको थप स्टाटस यस्तो छ;
“काठमाण्डौं छिरेको ठ्याक्कै १६ बर्ष भएछ । जेठ १९ आजकै दिनमा कलंकी आईपुग्दा दरबार हत्याकाण्डको खबरले निकै भावुक बनाएको थियो । शोकमा रहेको सहरप्रती अनेकौं डर, त्रासहरु र शंकाहरु मनमा खेलेका थिए । त्यहि कालो दिन १७ सय रुपैया, एक बोरा चामल र एउटा च्यादर बोकेर ठुलो सपना लिएर आएको म, अनेकौं संघर्ष गदैं यहि सहरमा अघि बढिरहेको छु । यहि सहरबाट सिक्दै, बुझ्दै र भोग्दै कलाकारीता संगसंगै समाज अनि राष्ट्रको सेवामा निरन्तर अघि बढिरहेको छु । सम्पुर्ण शुभचिन्तकहरु प्रती सदैब ऋणी छु । साथै दरबार हत्या काण्डको रहस्य अझै खुल्न नसकेको प्रति अझै चिन्तित पनि छु ।
#राजा_विरेन्द्र_परिवार_प्रती_श्रद्धासुमन”
काठमाण्डौं छिरेको ठ्याक्कै १६ बर्ष भएछ । जेठ १९ आजकै दिनमा कलंकी आईपुग्दा दरबार हत्याकाण्डको खबरले निकै भावुक बनाएको थिय…
Posted by Sitaram Kattel on Thursday, June 1, 2017
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा