सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १६, काठमाडौं – एमालेले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनालाई गम्भीर रुपमा लिएर उच्चस्तरबाटै छानविन गर्न माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको शीर्ष नेताको टोलीले मंगलबार निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर प्रमुख आयुक्त वा आयुक्तकै नेतृत्वमा अनुगमन तथा छानबिन हुनुपर्ने खालको घटनामा पनि आयोग गम्भीर नभएको भन्दै असन्तुष्टी जनाएका हुन् ।
पुनः मतदान गराउँदा चुनाव हार्ने संकेत आउँदा जो कोहीले पनि मतपत्र च्यात्ने र पुनः मतादानको माग गर्ने परिपाटी नै बस्ने अवस्था आउने भएकाले गम्भीर हुन आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भरतपुर घटनाले आयोगलाई चिन्तित बनाएको भन्दै अनुसन्धानमा कुनै कमजोरी नहुनेमा ढुक्क हुन आग्रह गरेको नेम्वाङले जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा