सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वासिङ्टन, जेठ १२ । अमेरिकी गुप्तचर निकाय सीआईएले पाकिस्तानले सीमा क्षेत्रमा गरेको आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि आक्रमण गर्नसक्ने चेतावनी दिएको छ ।
अमेरिकी कंग्रेसमा सीआइए प्रमुखले परमाणु शक्तिसम्पन्न दुई देशबीच सीमा क्षेत्रमा भइरहेको गोलाबारीले संघर्षको रुप लिनसक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको बैठकमा सीआइए प्रमुखले भारत र पाकिस्तानबीच बढ्दो सुरक्षा तनावबारे जानकारी गराएका हुन् ।
गत वर्ष भारतमा गरिएको दुई अतिवादी आक्रमणपछि तनावपूर्ण बनेको सम्बन्ध झन् बिग्रन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । केही गरी भारतमा फेरि आतंकवादी आक्रमण भए अवस्था जटिल बन्ने सिआइएको ठहर छ ।
भारतले आफ्नो भूमिमा हुँदै आएको अतिवादी आक्रमणको योजना पाकिस्तानमा बन्दै आएको आरोप लगाउँदै आएको छ । सीमा क्षेत्रमा भइरहेको आक्रमण कम हुनुका साथै पठानकोट आक्रमणबारे अनुसन्धानमा प्रगति भएमा यही वर्ष दुई देशबीच वार्ता हुन सक्ने आशा पनि गरिएको छ ।
पछिल्ला केही समययता भारत र पाकिस्तान दुबैले एकार्कालाई सीमा क्षेत्रमा युद्धविरामको उल्लंघन गरिरहेको आरोप लगाउँदै आएका छन् । (एजेन्सी)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा