सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् ।
शुक्रबार बिहान यी दुईबीच गुह्येश्वरी मन्दिरमा हिन्दु विधिअनुसार विवाह भएको हो ।
२०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं आज पूरा भएको हो । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् ।
इन्द्रेणी कार्यक्रमको टोली गुह्येश्वरी पुगेर नवविवाहित जोडीलाई बधाई दिएको थियो ।
काजल कैलाली र छत्र जुम्लाका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा