सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १ जेठ । मंगलबार ८५ अङ्कले घटेको शेयर बजार आज बुधवार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव नौ अङ्कले बढेर २२७४.४२ विन्दुमा पुगेको छ ।
यसदिन २२७ वटा कम्पनीका ३१ लाख ५६ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ६३ लाख रुपैयाँमा कारोबार भएका छन् ।
आज बैंक, विकास बैंक, होटल, जलविद्युत्, फाइनान्स, अन्य, माइक्रोफाइनान्स र लगानी समूहको शेयर बढेको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको पाँच करोड ३८ लाख ३० हजार रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै राधी जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतले बढेको छ । सूर्योदय ओमी लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा