सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । संयुक्त अरब ईमिरेट्स यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नयनको निधन भएको छ ।
विगत केही वर्षदेखि बिरामी शेख खलिफाको ७३ बर्षको उमेरमा आज निधन भएको हो ।
यूएईको एक प्रान्त आबुधाबीका शासक पनि रहनुभएका राष्ट्रपति खलिफाको निधनमा ४० दिनसम्म राष्ट्रिय झण्डालाई आधा झुकाएर शोक मनाउने घोषणा गरिएको छ । यस्तै तीन दिनसम्म मन्त्रालय, सरकारी तथा निजी सबै कार्यालयहरु बन्द गर्ने त्यहाँको राष्ट्रपतिको कार्यालयलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ ।
उहाँ आफ्ना बुवा शेख जायद बिन शुल्तान अल नयनको निधनपछि सन् २०१४ देखि यूएईको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । शेख खलिफालाई आधुनिक यूएईका निर्माता पनि मानिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा