सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख । दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले हरेक दिन नयाँ इतिहास रचिरहेको छ । यस फिल्मको स्टार कास्टका कारण मानिसहरुले निकै रुचाएका छन् । बक्स अफिस कलेक्शनको कुरा गर्दा यो फिल्मले ‘बाहुबली २’ को सात दिनको रेकर्ड पनि ध्वस्त पारेको छ । यसले फ्यानहरु माझ आफ्नो पकड कायम राखेको छ ।
हिन्दी फिल्मको रिलिजको हिसाबले दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको अभिनेता नीलको फिल्म ‘केजीएफ च्याप्टर २’ ले रिलिजको सातौं दिनमा पनि हिन्दी भाषी राज्यहरूमा बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ । बिहीबार फिल्मको हिन्दी संस्करणले २०१७ मा रिलिज भएको फिल्म ‘बाहुबली २’ को रेकर्ड तोड्यो, जसले रिलिजको पहिलो सात दिनमा बक्स अफिसमा २४६ करोड कमाएको थियो। केजीएफ २ रिलिजको सातौं दिनमा २५० करोडको क्लबमा सामेल भएको छ।
बुधबार रिलिज भएको सातौं दिन फिल्म ‘केजीएफ च्याप्टर २’ ले पनि वलिउडमा हालसम्म रिलिज भएका हिन्दी फिल्ममध्ये सबैभन्दा छिटो ३ सय करोड कमाउने कीर्तिमान बनाउन सक्ने आशा जगाएको छ । यो कीर्तिमान फिल्म ‘बाहुबली २’ को नाममा छ, जसले रिलिजको ११ औं दिनमा बक्स अफिसमा यो आँकडाको कमाइ गर्न सफल भएको हो ।
अभिनेता यश, श्रीनिधि शेट्टी, राव रमेश, रविना टण्डन, प्रकाश राज र सञ्जय दत्त स्टारर फिल्म ‘केजीएफ च्याप्टर २’ ले पहिलो दिनदेखि नै चलचित्र जगतमा कीर्तिमान बनाउने काम जारी राखेको छ । पहिलो दुई दिनमै विश्वभर २७० करोड कमाउने कीर्तिमान बनाएको यो फिल्म कन्नड सिनेमाको १००० करोड कमाउने पहिलो फिल्म पनि बन्न सक्नेछ।
फिल्मको कथा मुम्बईमा हुर्केका एक युवकको बारेमा हो, जसले अन्डरवर्ल्डमा आफ्नो प्रभुत्व कायम गरेपछि सुन खानी कब्जा गर्न निस्कन्छ । फिल्मको स्पेशल इफेक्ट र संवादको निकै तारिफ भइरहेको छ । चलचित्रको हिन्दी संस्करणमा अभिनेता यशलाई मुम्बईका कलाकार सचिन गोलेले डब गरेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा