सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ बैशाख । अभिनेत्री केकी अधिकारी आज वैवाहिक जीवनमा बौधिने भएकी छिन् । अभिनेत्री अधिकारीले आज ब्यवसायी रोहित तिवारीसँग लगनगाँठो कस्न लागेकी हुन् ।
जानकारी अनुसार अभिनेत्री अधिकारी र ब्यवसायी तिवारीले सानो पारिवारिक जमघटमा विवाह सम्पन्न गर्नै तयारी गरेका छन् ।
विवाहअघि बुधबार मेहेन्दी समारोह भएको थियो, जसमा परिवारका सदस्य र केही साथीहरू उपस्थित थिए ।
विगत केही समयदेखि प्रेममा रहेका यो जोडीले आफूहरूबीचको अफेयरलाई सार्वजनिक गरेका थिएनन् ।
रोहित ‘हाम्रो बजार डटकम’का सीईओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा